आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

बाइडेन गजनी हुन्, उनको हरेक पाँच मिनेटमा दिमाग खुस्किन्छः कंगना रणावत

एपी खबर २०७७ कार्तिक २३, आईतबार ( ५ साल अघि) ६५५ पाठक संख्या

भारतकी चर्चित अभिनेत्री कंगना रणावतले अमेरिकाको राष्ट्रपति बन्न लागेका जो बाइडेनबारे विवादस्पद टिप्पणी गरेकी छिन्।

 

सुशान्त सिंह राजपुतको आत्महत्यापछि चर्को अभिव्यक्ति दिएर चर्चा कमाएकी कंगनाले बाइडेनलाई भारतीय चलचित्र गजनीको पात्र ‘गजनी’सँग तुलना गरेकी छिन्।

 

उनले अमेरिकाको पहिलो महिला उपराष्ट्रपति बन्न लागेकी कमला ह्यारिस र महिला सशक्तिकरणको विषयमा बोल्दा बाइडेनको भने हरेक पाँच मिनेटमा दिमाग खुस्किने र बाइडेन एक वर्षपति सत्तामा टिक्न नसक्ने बताइन्।

आमिर खान अभिनित चलचित्रम गजनीमा आमिर खान गजनीको भूमिकामा छन्। जहाँ कंगनाले भनेकोजस्तै गजनीको मस्तिष्कमा समस्या हुन्छ र उनले दोहोरिँदै विभिन्न कुराहरु बिर्सिने गर्दछन्।

 

No description available.

कंगनाले ट्वीटमा भनेकी छिन्,‘हरेक पाँच मिनेटमा डेटा क्र्यास हुने गजनी बाइडेनको त भरछैन। उनको शरीरमा लगाइएका औषधिका कारण उनी एक वर्षपनि सत्तामा टिक्न सक्दैनन्। स्पष्ट रुपमा कमला ह्यारिसले सत्ता सम्हाल्नेछिन्। जब एक महिला उठ्छिन् उनले सबै महिलाको लागि बाटो बनाउँछिन्।’

बाइडेनबारे विवादस्पद अभिव्यक्ति दिएपछि उनको तिव्र आलोचना भइरहेको छ। राजनीतिको विषयमा ज्ञान नभएकी महिला भनेर हाल उनी आलोचित बनिरहेकी छिन्।

प्रतिक्रिया दिनुहोस