आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

मुम्बइ हाइकोर्टद्वारा अर्नब गोस्वामीलाई धरौटीमा रिहा गर्न अस्वीकार

एपी खबर २०७७ कार्तिक २४, सोमबार ( ५ साल अघि) ३८५ पाठक संख्या

मुम्बइ हाइकोर्टले रिपब्लिक टेलिभिजनका प्रधानसम्पादक अर्नब गोस्वामीलाई धरौटीमा रिहा गर्न अस्वीकार गरेको छ ।

 

हाइकोर्टले अर्नबलाई धरौटीमा रिहाइका लागि सेशन कोर्ट जान सक्ने आदेश दिएको छ । यसका लागि उनले तोकिएको समयमा अपिल गर्नुपर्ने भारतीय सञ्चार माध्यमले जनाएका छन् । हाइकोर्टले आफ्नो फैसलामा अर्नबले चाहे चार दिनभित्रमा उक्त आदेशलाई चुनौती दिँदै तल्लो न्यायालयमा अपिल सक्ने उल्लेख गरेको छ ।

 

एक इन्टेरियर डिजाइनरको आत्महत्या दुरूत्सहान घटनामा उनलाई ४ नोबेम्बरमा मुम्बइ प्रहरीले पक्राउ परेको थियो । रायगढ जिल्ला अदालतले अर्नबलाई १८ नोबेम्बरसम्म न्यायिक हिरासतमा राख्न अनुमति दिएको थियो ।

 

न्यायिक हिरासतमा लिइएपछि उनलाई अलिबागको एक क्वारेन्टाइन केन्द्र पठाइएको थियो । तर, उनले न्यायिक हिरासतमा रहेका बेला मोबाइल फोन चलाएको पाइएपछि तलोजा जेल पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस