आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

अमेरिकामा हिमआँधीका कारण २३ जनाको ज्यान गयो, टेक्सासमा आपतकाल घोषणा

एपी खबर २०७७ फागुन ५, बुधबार ( ५ साल अघि) ४२२ पाठक संख्या

एजेन्सी – अमेरिकामा हिमआँधीका कारण कम्तीमा २३ जनाको ज्यान गएको छ । मध्य तथा दक्षिणी राज्यमा आएको हिमआँधीका कारण मानिसहरुकाे ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

 

टेक्सास, लुसियाना, केन्टुकी र मिजौरी, नर्थ क्यारोलाइना, ओरेगन राज्यमा हिमआँधीले असर गरेको छ । टेक्सासमा आपतकाल घोषणा गरिएको छ । विद्युत सेवा बन्द भएको छ । केही राज्यमा विद्यालय बन्द गरिएको छ ।

 

अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रभावित क्षेत्रमा आवश्यक आपतकालीन् सहयोग गर्न तयार रहेको बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस