आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

भारतमा २४ घण्टामा १६ हजार ५६ जनामा संक्रमण, १०९ जनाको मृत्यु

एपी खबर २०७७ फागुन १५, शनिबार ( ५ साल अघि) ४६६ पाठक संख्या

काठमाडौँ-  भारतमा १ करोड १० लाखभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ १६ हजार ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड १० लाख ७९ हजार ९४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १०९ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५६ हजार ९७० पुगेको हो ।

 

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ७ लाख ६१ हजार १३९ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या १ लाख ६० हजार ९८५ छ ।

प्रतिक्रिया दिनुहोस