आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

अमेरीकामा समर नेपाली कक्षा सम्पन्न

सुप्रिया ढकाल २०७८ श्रावण २५, सोमबार ( ४ साल अघि) ५९७ पाठक संख्या

अमेरिकाको टेक्सास राज्यमा युवा छबिलाल हुमागाईले सञ्चालन गर्नुभएको समर नेपाली कक्षा सम्पन्न भएको छ । टेक्सास राज्यमा बस्दै आउनुभएका हुमागाईले ३ महिना सम्म संचालन गर्नु भएको कक्षाको एक कार्यक्रमका बिच समापन गरिएको हो । कक्षामा नेपालि समुदायका २१ जना बालबालीकाहरुलाई निःशुल्क नेपालि शिक्षा दिईएको हो ।

समापन कार्यक्रमका बिच बिद्यार्थीहरुलाई बिभिन्न मेडलसहितका पुरस्कारले पुरस्कृत गरिएको स्थानिय रामप्रसाद अधिकारीले जानकारी दिनुभयो । टुङनाथ उपाध्यायको प्रमुख आतित्यथामा समपन्न कार्यक्रममा मुरलि अधिकारी, राम कुमार सुबेदि, सुदिप अधिकारी, डा.अर्जुन बञ्जाडे, लेखनाथ गौतम लगाएत सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।

 

कार्यक्रममा उपस्थित अतिथिहरुले बिदेशको भुमीमा नेपाली भाषा सिक्न र सिकाउन तत्पर हुमागाई तथा बिद्यार्थीहरुको प्रशंसा गरेका छन् । आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु भए आफुहरुले समेत सक्दो सहयोग गर्ने सबैले प्रतिबद्धता जनाएका छन् । परदेशमा रहेपनि आफ्नो भाष संस्कृती नेपालीले भुल्न नहुने भन्दै कार्यक्रम सञ्चालक छविलाल हुमागाईले आगामी दिन पनि यस्तै कार्यक्रम सञ्चालन गर्ने बताउनुभएको छ ।

 

राजेश अधिकारिको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस