आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

नेपालमा तेश्रो लहरको कोरोनाबाट बालबालीका बढि प्रभावित हुने

सुप्रिया ढकाल २०७८ श्रावण २७, बुधबार ( ४ साल अघि) ३८३ पाठक संख्या

२७ श्रावण, बारा । बालबालीकाहरु धेरै प्रभावित हुने गरी नेपालमा कोरोना भाईरसको तेश्रो लहर आउन सक्ने अनुमान लगाईएको छ । अमेरिका र बेलायतका बालबालिकाहरूमा पहिलो र दोस्रो लहरको दाँजोमा अहिले १८ वर्षभन्दा कम उमेरका बालबालिकाहरूमा कोरोना संक्रमण बढेको अवस्थामा विज्ञहरुले नेपालीहरुलाई सचेत रहन आग्रह गरेका छन् ।

 

अमेरिकाको अरकन्सासस्थित बाल अस्पतालमा संक्रमणका कारण भर्ती हुने बालबालिकाको संख्या झन्डै ५० प्रतिशतले बढेको छ । यस अस्पतालमा ७ नवजात शिशुहरू आईसीयुमा छन् भने दुई शिशुहरू भेन्टिलेटरमा पुगेका छन् । लुसियानामा जुलाईको अन्तिम साता सर्वाधिक ४ हजार २ सय ३२ बच्चाहरूमा संक्रमण देखिएको छ ।

 

यहाँ १५ देखि २१ जुलाईको अवधिमा पाँच वर्षभन्दा कम उमेरका ६६ बालबालिकामा संक्रमण देखिएको छ । त्यस्तै, फ्लोरिडाको स्वास्थ विभागका अनुसार १२ वर्षभन्दा कम उमेरका १० हजार ७ सय ८५ जना संक्रमित भएका छन् । १२ देखि १९ वर्ष उमेरका ११ हजार ४८ बालबालिकामा संक्रमण देखिएको छ । बेलायतमा हरेक दिन औसत ४० बच्चाहरु अस्पतालमा भर्ना भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस