आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

गैर आवासीय नेपाली संघ (टेक्सस) च्याप्टरको पदस्थापन कार्यक्रम सम्पन्न

एपी खबर २०७८ भाद्र १२, शनिबार ( ४ साल अघि) ५८४ पाठक संख्या

राम अधिकारी

 

गैर आवासीय नेपाली संघ (टेक्सस) च्याप्टरको पदस्थापन कार्यक्रम शनिवार सम्पन्न भएको छ ।

 

अर्भिंग सिटीमा आयोजना भएको कार्यक्रममा च्याप्टरका निवर्तमान अध्यक्ष राजेश अर्यालले निर्वाचित अध्यक्ष शोफीन थापालाई पद हस्तान्तरण गर्नभएको हो । भने उपाध्यक्षमा गंगा दत शर्मा, सचिवमा चण्डि भण्डारी, सह सचिवमा राजन भट्टराई, कोषाध्यक्षमा दिलिप कुमार बस्नेत रहनुभएको छ ।

 

यसैगरी महिला संयोजकमा मनिता मानान्धर, यूवा संयोजकमा बासुदेव केसरी रहुनभएको भने सदस्यहरुमा रोहित विक्रम केसरी, टकंमणि घिमिरे, भुवन सुवेदि, निस्चल चापागाई, छविलाल हुमागाई, सन्तोष लम्साल रहनुभएको छ ।

 

कार्यक्रममा न्युयोकमा भएको भलिबल प्रतियोगितामा प्रथम भएको टेकसासको टिमलाई सम्मान गरिएको हो

सोही अवसरमा एनआरएनए आईसीसीका सचिव गौरीराज जोशी, क्षेत्रीय उपसंयोजक राम सी पोखरेल, एनआरएनए अमेरिकाका उपाध्यक्ष विकास उप्रेती, एनआरएन अमेरिकाका पूर्व अध्यक्ष सुनिल साह, नेपाली समाजका पूर्व अध्यक्ष कृष्ण लामिछाने, एएनएका अध्यक्ष विजयराज भट्टराई लगायतले शूभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस