बलिउडका सुपरस्टारहरु सलमान खान, अक्षय कुमार, अजय देवगन, फरहान अख्तर, रकुल प्रीत सिंहसहित ३८ जना कलाकारहरुविरुद्ध प्रहरीमा उजुरी परेको छ । भारतको राजधानी दिल्लीका अधिवक्ता गौरव गुलाटीले बलात्कारबाट पिडित हुनेको पहिचान उजागर गरेको भन्दै प्रहरीमा उजुरी दिएका हुन् ।
सब्जी मण्डी प्रहरी स्टेशनमा आइपीसीको धारा २२८ ए अनुसार उजुरी दर्ता गरेका उनले कलाकारहरुलाई लाखौ करोडौ जनताले अनुसरण गर्ने हुदा कलाकारहरुको यस्ता गल्ति सामान्य नभएको बताएका छन् । कुनै पनि बलात्कार पीडितको नाम, फोटो अथवा वास्तविक पहिचान उजागर गर्नु कानुनी अपराध हो ।
सन् २०१९ मा भारतको हैदराबादमा एक जना युवती सामुहिक बलात्कारपछि जलाएर मारिएको बिषयमा देशभरका जनताले आक्रोश ब्यक्त गरेका थिए । जसमा कलाकारहरुले पनि आफ्नो आक्रोश रोक्न सकेनन् । यद्यपि, उनीहरुले पिडितको पहिचान खुलाएर सामाजिक सञ्जालमा घटनाप्रति दुख र आक्रोश ब्यक्त गरे ।सामाजिक सन्जालमा धेरै नै सक्रिय रहने यी कलाकारहरुले कानुनलाई ध्यानमा राख्दै पीडितहरुको पहिचान उजागर गर्नु हुँदैन थियो भन्ने अधिवक्ता गौरवको भनाई छ ।
तर, दुई वर्ष अगाडि भएको गल्तिलाई अहिले आएर प्रहरीमा उजुरी दिने पर्ने कारण के हो भन्ने प्रश्न भने उठिरहेको छ ।











प्रतिक्रिया दिनुहोस