आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

रोममा जी २० शिखर सम्मेलन सुरु, बिभिन्न देशका नेताहरुको भौतिक रूपमै वा भर्चुअल माध्यमबाट सहभागीता

एपी खबर २०७८ कार्तिक १३, शनिबार ( ४ साल अघि) ३२७ पाठक संख्या

जी२० को २ दिने शिखर सम्मेलन आजबाट सुरु भएको छ । इटलीको राजधानी रोममा आइतबारसम्म चल्ने सम्मेलनको पहिलो दिनको पहिलो सत्रमा ‘विश्व अर्थतन्त्र र विश्व स्वास्थ्य’ शीर्षकमा छलफल केन्द्रित भएको थियो। त्यसै गरी दोस्रो दिन आइतबार ‘जलवायु परिवर्तन र वातावरण’ र ‘दिगो विकास’ मा केन्द्रित छलफल हुने जनाइएको छ ।

दुई दिने सम्मेलनमा विश्वका प्रभावशाली मुलुकसहित १९ देश र युरोपेली सङ्घका प्रतिनिधिहरू सहभागी भएका छन् । सम्मेलनमा भौतिक रूपमै वा भर्चुअल माध्यमबाट सहभागी हुन मिल्ने व्यवस्था गरिएको छ । सोही व्यवस्था अनुसार चीनका राष्ट्रपति सी चिन फिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलगायतका केही शीर्ष नेताहरू भने भर्चुअल माध्यमबाट सहभागी भएका छन् । कोरोनाभाइरसको महामारीका कारण आफूहरू सम्मेलनमा भौतिक रूपमा उपस्थित हुन नसकेको बैठक स्थलमा नगएको नेताहरूले स्पष्ट पारेका छन्। सम्मेलनमा विषेशगरी जलवायु परिवर्तन, कोरोनाभाइरसको महामारी, पुरानै अवस्थामा फर्किने प्रयासलगायतका विषयमा छलफल भइहरेको जनाइएको छ ।

सम्मेलनको नेतृत्व सम्मेलन आयोजक मुलुक इटलीका राष्ट्रपति मारियो ड्राघीले गरेका छन्। सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, “हामीले यो महामारीभन्दा अगाडिका सम्मेलनमा राष्ट्रियता, संरक्षणवाद र एकपक्षीय वादमा छलफल गर्ने गरेका थियौँ, तर अहिले सबैको साझा समस्या र चुनौतीका बारेमा छलफल गर्नु परेको छ।” कुनै देश तथा क्षेत्र विशेषमा छलफल गरेर वा कुनै देश विशेषले मात्रै लड्न नसक्ने भएकाले साझा चुनौतीका बारेमा विचार गर्नुपरेको उनले बताए ।

अन्तर्राष्ट्रियस्तरमा आर्थिक सहकार्य र सहयोगका लागि भन्दै जी२० शिखर सम्मेलनको सुरुवात सन् १९९९ मा भएको हो ।

प्रतिक्रिया दिनुहोस