आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

दिल्लीमा फेरि कोरोना संक्रमण ह्वात्तै बढ्यो, १ संक्रमितको मृत्यु

एपी खबर २०७९ अषाढ ४, शनिबार ( ३ साल अघि) २३६ पाठक संख्या

एजेन्सी- भारतको राजधानी दिल्लीमा फेरि कोरोना भाइरस संक्रमण ह्वात्तै बढेको छ ।पछिल्लो २४ घण्टामा १ हजार ७९७ जनामा संक्रमण पुष्टि भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

 

परीक्षण गरिएकामध्ये ८.१८% व्यक्तिमा संक्रमण पुष्टि भएको छ । बिहीवार दिल्लीमा १ हजार ३२३ जनामा संक्रमण पुष्टि भएको थियो ।

 

 

दिल्लीमा सक्रिय संक्रमितको संख्या ४ हजार ८४३ रहेको छ । अस्पतालमा संक्रमितको संख्या बढ्दै गएको जनाइएको छ । कोरोनाबाट १ जनाको मृत्यु समेत भएको छ ।

प्रतिक्रिया दिनुहोस