आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

निवासबाट भागेका श्रीलङ्काका राष्ट्रपति राजीनामा दिन तयार

एपी खबर २०७९ अषाढ २६, आईतबार ( ३ साल अघि) ३०४ पाठक संख्या

एजेन्सी : प्रदर्शनकारीले निवासै कब्जा गरेपछि भाग्न बाध्य भएका श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजपक्षेले राजीनामा दिने भएका छन्। उनले चार दिनपछि जुलाई १३ मा राजीनामा दिने श्रीलङ्का सांसदका सभामुख महिंदा यापा अभयवर्धदनाले बताएका हुन्।

 

प्रधानमन्त्री रनिल विक्रमसिंघेले पनि आफू राजीनामा दिन तयार रहेको घोषणा गरिसकेका छन्। शनिवार प्रदर्शनकारीहरूले राजपक्षेको घरमा प्रवेश गरेका थिए। उनीहरूले प्रधानमन्त्री विक्रमसिंघेको घरमा आगो लगाइदिएका थिए।

 

श्रीलङ्कामा आर्थिक सङ्कट बढेसँगै आक्रोशित सर्वसाधारणहरूले सरकारमा रहेकाहरूमाथि निरन्तर आक्रमण गर्न थालेका छन्। विदेशी मुद्राको अभावमा इन्धनदेखि औषधीसम्म अभाव भइरहेको छ। इन्धनको अभावमा विद्यालयसमेत बन्द भएका छन्।

 

विपक्षी दलका नेताहरूले भने अब सभामुखको नेतृत्वमा सर्वदलीय सरकार गठनको माग गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस