आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेको निजी निवासमा प्रदर्शनकारीले आगो लगाए

एपी खबर २०७९ अषाढ २६, आईतबार ( ३ साल अघि) ३७३ पाठक संख्या

एजेन्सी- श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेको निजी निवासमा प्रदर्शनकारीले आगो लगाइदिएका छन् । शनिबार कर्फ्यु तोड्दै राष्ट्रपति निवासमा प्रवेश गरेका प्रदर्शनकारीले प्रधानमन्त्रीले राजीनामा दिएलगत्तै उनको निजी निवासमा प्रदर्शनकारीले आगो लगाएका हन्।

 

प्रदर्शनकारीहरुले देशको आर्थिक स्थिति बिगारेको भन्दै राष्ट्रपति गोताबाया राजपाक्षेको बहिर्गमन माग गर्दै प्रदर्शन गर्दै आएका छन्।

 

प्रशासनले कर्फ्यु लागू गरे पनि अति सुरक्षित मानिएको क्षेत्रमा प्रवेश गरेर प्रदर्शनकारीले प्रहरीको ब्यारिकेड तोडेका थिए। सरकारविरुद्ध प्रदर्शनमा सहभागी हुन रेल र बसमा सवार भएर हजारौँ मानिस कोलोम्बो पुगेका छन्।

प्रतिक्रिया दिनुहोस