आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

मेक्सिकोमा गोली हानेर ६ प्रहरी अधिकारीको हत्या

एपी खबर २०७९ आश्विन १३, बिहिबार ( ३ साल अघि) १८६ पाठक संख्या

मेक्सिको सिटी- उत्तरी मेक्सिकोमा बन्दुकधारीहरूले बुधवार ६ जना प्रहरी अधिकारीको गोली हानेर हत्या गरेका छन्। क्यालेरा डे भिक्टर रोजालेसको खेलकुद केन्द्रमा तालिम भइरहेका बेला पाँच प्रहरी अधिकारीको गोली हानेर हत्या भएको हो।

जाकाटेकास राज्यमा बन्दुकधारीले आक्रमण लगत्तै घटनास्थलमा पुगेका थप दुई कानून प्रवर्तन अधिकारीहरूलाई पनि गोली हानेका थिए। तिमध्ये एक जनाको मृत्यु भएको छ। आक्रमणमा लागूऔषध तस्करको संलग्नता रहेको अनुमान गरिएको छ।

गत जनवरीमा जाकाटेकास राज्यको राजधानीमा गभर्नरको दरबारको अगाडि छोडिएको खेलकुद उपयोगिता गाडीमा १० शव फेला परेका थिए।

यसैबीच, पछिल्लो घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ।

प्रतिक्रिया दिनुहोस