आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

जसपा आगामी निर्वाचनमा एक्लै लड्ने सम्भावना

एपी खबर २०७९ आश्विन १५, शनिबार ( ३ साल अघि) २१२ पाठक संख्या

काठमाडौँ– जनता समाजवादी (जसपा) नेपालले आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा कसैसँग पनि तालमेल नगर्ने भएको छ । आज बसेको जसपा कार्यकारिणी समितिको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो।

 

बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ‘हाम्रो पार्टीको समेत सहभागितामा रहेको ५ दलीय गठबन्धनमा आगामी हुने संघीय संसद् र प्रदेश सभा सदस्यको निर्वाचनमा सिटको तालमेल को सम्बन्धमा भई रहेको सिट बाँडफाँडसम्बन्धी छलफलमा हाम्रो पार्टीको लागि सन्तोषजनक अवस्था नदेखिएको हुँदा यसका अतिरिक्त सम्भव भए सम्म विकल्प को रूपमा अन्य राजनीतिक दलहरूसंग पनि निर्वाचनमा सिटको तालमेल गर्न सकिने छ ।

 

सो पनि हुन नसकेको अवस्थामा जसपा नेपाल एक्लै निर्वाचनमा भाग लिने निर्णय गरिन्छ ।’

प्रतिक्रिया दिनुहोस