आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

रुसी क्षेप्यास्त्र आक्रमणमा परी युक्रेनमा ३० जनाको मृत्यु

एपी खबर २०७९ आश्विन १५, शनिबार ( ३ साल अघि) २०२ पाठक संख्या

काठमाडौँ- युक्रेनको जापोरिज्जिया शहरमा भएको रुसी क्षेप्यास्त्र आक्रमणमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ । रुसी फौजले प्रहार गरेको क्षेप्यास्त्रमा अरु ८८ जना घाइते भएको युक्रेनी अधिकारीहरूलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।

जापोरिज्जियाका क्षेत्रीय सैन्य प्रशासनका प्रमुख ओलेक्जेन्डर स्टारुखले सामाजिक सञ्जाल टेलिग्राममा भनेका छन्, ‘दुश्मनले जापोरिज्जियाबाट बाहिरिने बाटोमा सर्वसाधारण चढेको सवारी लस्करमा रकेट आक्रमण गरेका छन् ।’

युक्रेनको राष्ट्रिय प्रहरी प्रमुख इहोर क्लाइमेन्कोलाई उद्धृत गर्दै सीएनएनले उक्त आक्रमणमा मारिनेमा ११ वर्षीया बालिका १४ वर्षीय बालक समेत रहेको जनाएको छ ।

यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार औपचारिक रूपमा डोनेट्स्क, लुहान्स्क, खेर्सन र जापोरिज्जियालाई रुसमा विलयको घोषणा गर्दै सो निर्णय लाखौं मानिसहरूको इच्छा रहेको बताएका थिए ।

मिडिया रिपोर्टका अनुसार पुटिनले चारवटा क्षेत्रका बासिन्दाहरू अब रुसका वास्तविक नागरिक हुने बताएका छन् । राष्ट्रपतिले अब नयाँ क्षेत्रको रक्षा गर्ने दायित्व रुसको रहेको बताएका छन् ।

उनले जनमत सङ्ग्रहको नतिजालाई ‘लाखौं जनताको इच्छा’ पनि भनेका छन् । गत फेब्रुअरी २४ यता रुसले युक्रेनमाथि आक्रमणलाई जारी राखेको छ ।

प्रतिक्रिया दिनुहोस