आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध पक्राउ पूर्जी जारी

एपी खबर २०७९ आश्विन १७, सोमबार ( ३ साल अघि) २१४ पाठक संख्या

काठमाडौँ – पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । इस्लामावादको एक स्थानीय अदालतले महिला न्यायाधीश जेबा चौधरीलाई धम्की दिएको आरोपमा पूर्वप्रधानमन्त्री खानविरुद्ध पक्राउ पूर्जी जारी गरिएको हो ।

 

पूर्वप्रधानमन्त्री खानलाई गत अगस्त २० मा आयोजित एक ¥यालीलाई सम्बोधन गर्ने क्रममा प्रहरी प्रमुख र महिला न्यायाधीशलाई ‘धम्की’ दिएको आरोप लगाइउँदै उजुरी दर्ता गरिएको थियो ।

 

आफ्ना एक सहयोगीलाई गैरकानूनी तरिकाले पक्राउ गरी कारबाही गरिएकोप्रति खानले सार्वजनिक कार्यक्रममार्फत आक्रोश पोख्नुभएको थियो ।सोही मुद्दामा उहाँविरुद्ध प्रतिआतङ्कवाद कानून अन्तर्गत पक्राउ गर्न माग गर्दै उजुरी गरिएको थियो ।तर उक्त मुद्दाको सुनुवाईका क्रममा अदालतले भने आतंकवाद विरोधी प्रावधान हटाएको थियो ।

प्रतिक्रिया दिनुहोस