आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

पाकिस्तानको पेशावारमा सोमबार भएको आत्मघाती बम विस्फोटमा परि ५९ जनाको मृत्यु

एपी खबर २०७९ माघ १७, मंगलबार ( ३ साल अघि) १८४ पाठक संख्या

एजेन्सी: पाकिस्तानको पेशावारमा सोमबार भएको आत्मघाती बम विस्फोटमा परी ५९ जनाको ज्यान गएको छ। पेशावारको एक मस्जिदमा नमाज पढिरहेका प्रहरीलाई लक्षित गरी बम विस्फोट गरिएको थियो।

 

उक्त मस्जिद उच्च सुरक्षायुक्त प्रहरी मुख्यालयको परिसरमा छ। यस्तै इन्टेलिजेन्स र काउन्टर टेरोरिज्म ब्यूरो पनि सोही क्षेत्रमा छ।यस घटनाप्रति पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले भनेका छन्, ‘पाकिस्तानको रक्षा गर्नेहरूमाथि हमला गरेर आतङ्कवादीहरूले त्रास पैदा गर्न खोजेका छन्।’

 

उनका अनुसार ती आतङ्कवादीहरूको इस्लाम धर्मसँग कुनै सम्बन्ध छैन। ‘पूरा देश एकताबद्ध भई आतङ्कवादको खतराविरुद्ध उभिएको छ’, उनले भने।स्थानीय अस्पतालका प्रवक्ताका अनुसार १५७ जना घाइते भएका छन्। विस्फोटको समयमा करिब तीनदेखि चार सयको सङ्ख्यामा प्रहरी त्यस क्षेत्र आसपासमा भएको पेशावार प्रहरीका प्रमुख मुहम्मद इजाज खानले बताएका छन्।

 

सुरुमा पाकिस्तानी तालिबानका एक कमाण्डरले घटनाको जिम्मा लिए पनि पछि उक्त संगठनले आफ्नो संलग्नता नभएको स्पष्ट पारेको छ। उक्त संगठनले गत नोभेम्बरमा युद्धविराम भङ्ग गरेको थियो। त्यसयता हिंसात्मक घटनामा वृद्धि भएको बीबीसीले उल्लेख गरेको छ।गत डिसेम्बरमा पनि पाकिस्तानी तालिबानले देशको पश्चिम-उत्तरतर्फको एक प्रहरी चौकीमा हमला गर्दा ३३ प्रहरीको ज्यान गएको थियो।

प्रतिक्रिया दिनुहोस