आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

पाकिस्तानको एक मस्जिदमा भएको विष्फोटमा मारिनेको सङ्ख्या ९० पुग्यो

एपी खबर २०७९ माघ १७, मंगलबार ( ३ साल अघि) २३८ पाठक संख्या

एजेन्सी – उत्तरपश्चिम पाकिस्तानको एक प्रहरी मुख्यालयमा रहेको मस्जिदमा भएको विष्फोटमा मारिनेको सङ्ख्या ९० पुगेको छ । पाकिस्तानको पेशावर सहरस्थित मस्जिदमा विष्फोट भएको हो ।

 

विष्फोटपछि मस्जिदको संरचना नै भत्केको बताइएको छ । उक्त मस्जिदको भग्नावशेषबाट शवहरू निकाल्ने क्रम अझै जारी रहेको र हालसम्म ९० जनाको ज्यान गएको भन्ने पुष्टि भएको पाकिस्तानी सुरक्षा अधिकारीले जनाएका छन् । विष्फोटमा अरु एक सय ५० भन्दा बढी घाइते भएका छन ।

 

सोमबार दिउँसोको प्रार्थनाको समयमा उक्त मस्जिदमा आक्रमण भएको हो । पछिल्लो समय अफगान सीमासँग जोडिएका पाकिस्तानी क्षेत्रमा आक्रमणको क्रम लगातार बढिरहेको बताइन्छ ।

 

मङ्गलबार अस्पतालमा रहेका २३ वर्षीय प्रहरी हवल्दार वजाहत अलीले अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीलाई भने, ‘म सात घण्टासम्म मृत शरीरसहितको भग्नावशेषमुनि फसेको थिएँ, मैले बाँच्नको लागि सबै आशा गुमाएँको थिए ।’

 

पेशावरको मुख्य अस्पतालका प्रवक्ता मुहम्मद असिम खानले घटनास्थलबाट थप शव आएपछि मृत्यु हुनेको संख्या ९० पुगेको बताएका छन् ।सहरका प्रहरी प्रमुख मुहम्मद इजाज खानले एएफपीलाई बताएअनुसार मारिनेमा ९० प्रतिशतभन्दा बढी प्रहरी रहेका छन् । आक्रमणका बेला मस्जिदको हाताभित्र तीन देखि चार सय जना प्रार्थानाका लागि भेला भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस