आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा भएको सवारी दुर्घटनामा परी १८ जनाको मृत्यु

एपी खबर २०७९ माघ २०, शुक्रबार ( ३ साल अघि) २३६ पाठक संख्या

एजेन्सी – उत्तरपश्चिम पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा भएको सवारी दुर्घटनामा परी १८ जनाको ज्यान गएको छ । प्रहरीका अनुसार बिहीबार अबेर राति जिप दुर्घटनामा परेको थियो ।

 

सो दुर्घटनामा परेर बिहीबार राति १८ जना यात्रुको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।प्रहरीका अनुसार खैबर पख्तुनख्वा प्रान्तको कोहत जिल्लाअन्तर्गत सिन्धु राजमार्गमा दुई सवारी एक आपासमा ठोक्किन पुगेको जनाइएको छ । सवारी ठोक्किँदा जिपमा रहेका यात्रुको ज्यान गएको हो । विपरीत दिशाबाट आएको एक सवारीले सो जिपलाई ठक्कर दिएको थियो ।पाकिस्तानमा बारम्बार सवारी दुर्घटना हुँदै आएको छ । सडकको अवस्था एवं सवारी चालकहरुको लापरवाहीका कारण यस्ता दुर्घटनाहरु हुने गरेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस