आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

टर्कीमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेकाे संख्या ३८०० नाघ्यो

एपी खबर २०७९ माघ २४, मंगलबार ( ३ साल अघि) २६५ पाठक संख्या

एजेन्सी : टर्कीमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेकाे संख्या ३८०० नाघेकाे छ।टर्की र सिरियाको सीमा क्षेत्रमा सोमबार बिहान गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या अझै बढ्नसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।अमेरिकी जियोलोजिकल सर्वेका अनुसार सोमबार बिहान ७.५ रेक्टर स्केलको भूकम्प गएको हो। उक्त भूकम्पमा परी कम्तीमा १५ हजारभन्दा बढी मानिस घाइते भएका छन्।

 

टर्कीका राष्ट्रपति रेचप एर्दोआनका अनुसार भुकम्पमा परी टर्कीमा मात्रै २ हजारभन्दा बढीकाे मृत्यु भएको छ भने १४ हजारभन्दा बढी घाइते भएका छन्।यसैगरी, सिरियामा कम्तीमा १४ सय जनाको मृत्यु भएको बताइएको छ। साथै, भूकम्पले करिव ५ हजार भवनमा क्षति पुर्‍याएकाे छ।

 

अहिले उद्धार तथा राहत कार्य जारी रहेको राष्ट्रपति एर्दोआनलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।भूकम्पपछि टर्कीमा आपतकालको घोषणा गरिएको छ। टर्कीको राजधानी अंकारासहितका सहरहरूका साथै लेबनान, सिरिया, साइप्रससम्म पनि भूकम्पको धक्का महसुस भएको थियो।

प्रतिक्रिया दिनुहोस