आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

टर्की र सिरियामा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ४५ हजार नाघ्यो

एपी खबर २०७९ फागुन ६, शनिबार ( ३ साल अघि) १७० पाठक संख्या

एजेन्सी : टर्की र सिरियामा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ४५ हजार नाघेको छ।समाचार एजेन्सी राेयटर्सका जानकारीअनुसार गत सोमबार गएको ७.८ म्याग्निच्यूडको भूकम्पमा परी टर्कीमा ३९ हजार ६७२ र सिरियामा ५ हजार ८०० जनाको मृत्यु भएको छ।

 

अझै पनि दुवै देशमा खोजी तथा उद्धार कार्य जारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।भूकम्पमा परेका हरूको उद्धारका लागि विभिन्न मुलुकहबाट आधुनिक उपकरणसहितका टोली टर्की र सिरियामा पुगेका छन्।उनीहरूले अझैपनि भग्नावशेषमा मानिसहरू जीवित रहेको हुनसक्ने भन्दै खोजीलाई निरन्तरता दिइरहेका छन्।मृत्यु हुनसक्नेकाे संख्या अझै बढ्नसक्ने अधिकारीहरूले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस