आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

जर्मनीको एक चर्चमा भएको गोलीकाण्डमा परेर कम्तीमा पनि सात जनाको मृत्यु

एपी खबर २०७९ फागुन २६, शुक्रबार ( ३ साल अघि) १५१ पाठक संख्या

एजेन्सी :जर्मनीको एक चर्चमा भएको गोलीकाण्डमा परेर कम्तीमा पनि सात जनाको ज्यान गएको छ। सो घटनामा अरु कैयौँ घाइते भएका प्रहरीले जनाएको छ।बिहीबार राति जर्मनीको ह्याम्बर्गमा रहेको एक चर्चमा गोली चलेको थियो। स्थानीय समयअनुसार राति ९ बजे सो चर्चमा अकस्मात गोली चलेको थियो।

 

गोली चलाउने व्यक्तिको पहिचान नखुलेको र प्रहरीले उसको खोजी गरिरहेको जनाएको छ। उक्त चर्च रहेको क्षेत्रमा ठूलो संख्याका सुरक्षाकर्मी परिचालन गरेर हत्यामा संलग्न व्यक्तिको खोजी थालिएको पनि प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस