आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी

एपी खबर २०७९ चैत्र ४, शनिबार ( २ साल अघि) १४३ पाठक संख्या

एजेन्सी : अन्तर्राष्ट्रिय फौजदारी अदालतले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । आईसीसीले पुटिनमाथि युद्ध अपराध गरेको आरोप लगाएको र अपराधहरूमा युक्रेनबाट बालबालिकालाई अवैध रूपमा रुस पठाउने काम समेत समावेश गरिएको भन्दै पुटिन विरुद्ध प्रकाउ पुर्जी जारी गरिएको हो ।

 

रूसले २४ फेब्रुअरी २०२२ मा युक्रेन माथि एकतर्फि आक्रमण सुरु गरे पछि रुस बिरुद्ध युद्ध अपराधको बात लाग्दै आइरहेको छ। रुसले आक्रमणका क्रममा युद्ध अपराध भएको आरोप अस्वीकार गरेका छन्।

 

पुटिनको गिरफ्तारी वारेन्ट प्रति प्रतिक्रिया दिँदै रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले आफ्नो टेलिग्राम च्यानलमा जवाफ दिदैँ अन्तर्राष्ट्रिय फौजदारी अदालतको निर्णयले देशका लागि कानूनी दृष्टिकोणबाट कुनै अर्थ नराख्ने बताइन्।

प्रतिक्रिया दिनुहोस