आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ

एपी खबर २०७९ चैत्र २२, बुधबार ( २ साल अघि) ११६ पाठक संख्या

एजेन्सी: अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। बिबिसीका अनुसार ३४ आरोप लागेका ट्रम्पलाई प्रहरी हिरासतमा राखिएको छ। यद्यपि ट्रम्पले भने आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका छन्।

 

पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध मंगलबार म्यानहट्टन अदालतमा ३४ वटा अपराधको आरोप लगाइएको थियो।ट्रम्पले २०१६ को चुनावी अभियानमा आफूसँग सम्बन्धित नकारात्मक समाचारलाई दबाउन पैसा तिरेको आरोप लगाइएको छ। यसमा पोर्नस्टारसँग सम्बन्धित आपराधिक मुद्दा पनि परेको छ।उनीमाथि लागेका प्रत्येक आरोपमा अधिकतम चार वर्षको जेल सजाय हुने त्यहाँको कानुनी व्यवस्था छ। आपराधिक आरोपको सामना गर्ने ट्रम्प अमेरिकाको पहिलो राष्ट्रपति हुन्।

प्रतिक्रिया दिनुहोस