आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

फ्रान्समा आइतबार गएको हिमपहिरोमा परी पाँच जनाको मृत्यु

एपी खबर २०७९ चैत्र २७, सोमबार ( २ साल अघि) १२० पाठक संख्या

एजेन्सी – फ्रान्समा आइतबार गएको हिमपहिरोमा परी पाँच जनाको मृत्यु भएको छ । दक्षिणपूर्वी फ्रान्सको मोन्ट ब्लाङ्क नजिकै गएको हिम पहिरोमा परी ५ जनाको मृत्यु भएको फ्रान्सेली समाचार संस्थाहरुले जनाएका छन् ।

 

फ्रान्सका गृहमन्त्री गेराल्ड डार्मानिन ट्वीटरमा लेखेका छन्, ‘हिम पहिरो गएको सूचना पाउँदासाथ विपद् व्यवस्थापन टोलीहरू घटनास्थलमा पठाइएको छ । उनीहरूले अझै काम गरिरहेका छन् ।’

 

हिम पहिरो गएको स्थानमा उद्धार कार्य जारी राखिएको तर घटनास्थलबाट कसैलाई जीवित उद्धार गर्नसक्ने आशा क्षीण बन्दै गएको जनाइएको छ । समाचार अनुसार हिम पहिरो गएको उक्त स्थानमा एक दर्जन भन्दा बढी व्यक्ति रहेका थिए ।

प्रतिक्रिया दिनुहोस