आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

अमेरिकाको केन्टकी शहरको एक बैंकमा गोली चल्दा पाँच जनाको मृत्यु

एपी खबर २०७९ चैत्र २८, मंगलबार ( २ साल अघि) ३२४ पाठक संख्या

एजेन्सी – अमेरिकाको केन्टकी शहरको एक बैंकमा गोली चल्दा पाँच जनाको मृत्यु भएको छ । गोली लागेर तीन प्रहरीसहित ९ जना घाइते भएका छन् ।

 

ओल्ड नेशनल बैंकका २३ वर्षीय कर्मचारीले नै बैंकभित्र गोली चलाएका थिए । उनले इन्स्टाग्राममा आक्रमणको प्रत्यक्ष प्रसारणसमेत गरेका थिए । उनले हानेको गोली लागेर चार जनाको मृत्यु भएको र प्रहरीको गोली लागेर गोली चलाउने व्यक्ति पनि मारिएको बीबीसीले जनाएको छ ।अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्वीट गर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस