आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

भारतको पञ्‍जाबस्थित भटिन्डा मिलिटिरी स्टेसनमा गोली चल्दा चारजनाको मृत्यु

एपी खबर २०७९ चैत्र २९, बुधबार ( २ साल अघि) १६१ पाठक संख्या

नयाँ दिल्ली : भारतको पञ्‍जाबस्थित भटिन्डा मिलिटिरी स्टेसनमा गोली चल्दा चारजनाको मृत्यु भएको छ। बुधबार बिहान ४ : ३५ बजेतिर भएको गोलीकाण्डबाट ४ जना जवानको मृत्यु भएको हो।गोली चलेको खबर पाउने वित्तिकै क्वीक रियक्सन टीम परिचालन गरिएको थियो। क्वीक रिएक्सन टीमका अनुसार आक्रमणकारी साधारण पोशाकमा आएका थिए।

 

 

हाल सो क्षेत्र ‘हाइअलर्टमा राखिएको छ। सेनासँगै प्रहरीले पनि घटनाबारे अनुसन्धान गरिरहेको छ। भटिन्डाका एसएसपीले यो आतंककारी हमला नभएको बताएका छन्।स्रोतका अनुसार केही दिनअघि सो स्टेसनबाट राइफल हराएको थियो। घटनामा सोही राइफल प्रयोग भएको हुनसक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस