एजेन्सी :भारतीय सेनाले बुधबार राति पाकिस्तानबाट भारततर्फ उडेको एक ड्रोनलाई खसाइदिएको छ । समाचार संस्था एएनआईका अनुसार पाकिस्तानबाट भारततर्फ उडेको ड्रोनमा एके४७ बन्दुक, त्यसमा लाग्ने गोलीहरु र केही नगद पैसा छन् ।
भारतको नियन्त्रणमा रहेको जम्मु कस्मिरको सीमा क्षेत्रमा ड्रोन पुगेपछि भने भारतीय सेनाले गोली चलाउँदै ड्रोनलाई खसाइदिएका थिए ।जम्मुस्थित भारतीय सेनाका अनुसार भारतीय सेनाले ड्रोनबाट एके ४७, १३१ गोली र ५ म्यागेजिनसहित दुई लाख भारतीय रुपियाँ बरामद गरेका छन् ।











प्रतिक्रिया दिनुहोस