आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

आवासीय भवनमा आगो लाग्दा सोह्र जनाको मृत्यु

एपी खबर २०८० बैशाख ३, आईतबार ( २ साल अघि) १५३ पाठक संख्या

एजेन्सी :दुबईको एउटा आवासीय भवनमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्। शहरको पुरानो भागमा रहेको अल-रस छेउमा रहेको भवनको चौथो तलामा आगलागी हुँदा उक्त हताहती भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

 

निर्माण सुरक्षा र अग्नि सुरक्षा आवश्यकताको पालना नगरेको कारण आगलागी भएको सिभिल डिफेन्स फोर्सको प्रारम्भिक अनुसन्धानले देखाएको छ।दुबई संयुक्त अरब इमिरेट्सका सात इमिरेट्स मध्येको एक हो। यहाँ करिब ३३ लाख जनसङ्ख्याको बसोबास छ भने त्यसमा झण्डै ९० प्रतिशत विदेशी छन्। आगालागीमा ज्यान गुमाएका तथा घाइतेभएकाको राष्ट्रियता भने खुलाइएको छैन।

 

सन् २०१७ देखि दुबईका अधिकारीहरूले आगोको जोखिम कम गर्न भवन नियममा कठोर प्रावधानको व्यवस्था घोषणा गरेका छन्।मुख्यतया भवनको बाहिरी आवरणमा प्रयोग हुने ज्वलनशील सामग्रीहरूलाई लिएर कडा नियम ल्याइएको हो।

प्रतिक्रिया दिनुहोस