आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

अमेरिकाको अलबामा राज्यको एक शहरमा गोली चल्दा ४ जनाको मृत्यु

एपी खबर २०८० बैशाख ४, सोमबार ( २ साल अघि) १९३ पाठक संख्या

एजेन्सी – अमेरिकाको अलबामा राज्यको एक शहरमा गोली चल्दा ४ जनाको मृत्यु भएको छ भने घटनामा २८ जना घाइते भएका छन्। समाचार एजेन्सी रोयटर्सका अनुसार उक्त राज्यको राजधानी मोन्टगोमरीको उत्तरपूर्वमा रहेको डेडभिल शहरको एक डान्स केन्द्रमा ‘स्वीट १६’ (वर्थ डे पार्टी)मा अचानक अन्धाधुन्ध गोली चलेको हो।

 

स्थानीय समयानुसार शनिबार राति १०:३४ बजेतिर भएको गोलीकाण्डपछि शहरमा भागदौड मच्चिएको रोयटर्समा प्रकाशित समाचारमा उल्लेख छ। २८ जना घाइते भएकोमा जसमध्ये केहीको अवस्था चिन्ताजनक रहेको स्थानीय सञ्चारमाध्यमलाई उदृत गर्दै रोयटर्सले जनाएको छ।

प्रतिक्रिया दिनुहोस