आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

श्रीलंकाका राष्ट्रपतिद्वारा बुद्ध पूर्णिमाका अवसरमा ९८८ कैदीलाई माफी

एपी खबर २०८० बैशाख २३, शनिबार ( २ साल अघि) १३० पाठक संख्या

एजेन्सी: श्रीलंकाका राष्ट्रपतिले बौद्ध धर्मावलम्बीहरूको सबैभन्दा महत्त्वपूर्ण धार्मिक पर्व वेसाक दिवस (बुद्ध पूर्णिमा) का अवसरमा ९८८ कैदीहरूलाई आममाफी दिँदै रिहा गरेका छन्। कारागार विभागका आयुक्त तथा प्रवक्ता चन्दना एकनायकेले देशको संविधानको धारा ३४ बमोजिम राष्ट्रपति रनिल विक्रमासिंघेले सो आममाफी दिनु भएको सञ्चारमाध्यमलाई बताए।

 

प्रवक्ता एकनायकेले विभिन्न शर्तका आधारमा यो आममाफी दिइएको बताएका छन् । श्रीलंकाले सामान्यतया स्वतन्त्रता दिवस र प्रमुख धार्मिक कार्यक्रमहरूमा कैदीहरूलाई माफी दिने गर्दछ । यो आममाफी हत्या, लागुऔषधको गम्भीर अपराध, बलात्कार र सशस्त्र डकैतीलगायत गम्भीर फौजदारी अपराधमा दोषी ठहर भएकाहरूका सन्दर्भमा भने लागू हुँदैन।

 

प्रतिक्रिया दिनुहोस