आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

भारतको केरलामा डुंगा दुर्घटनामा २१ जनाको मृत्यु

एपी खबर २०८० बैशाख २५, सोमबार ( २ साल अघि) ११९ पाठक संख्या

नयाँ दिल्ली : भारतको केरलामा डुंगा दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ। केरलाको मलप्पुरमा आइतबार राति डुंगा दुर्घटना भएको हो।घटनास्थलबाट २१ शव फेला परेपनि डुंगामा कतिजना सवार थिए भन्ने यकिन सं‌ख्या थाहा भएको छैन।

 

 

केरलाका मुख्यमन्त्री विजय पिनारईले जिल्ला प्रशासन कार्यालयलाई उद्धार कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले घटनप्रति दु:ख व्यक्त गर्दै मृतकका परिवारलाई जनही दुई लाख उपलब्ध गराउने बताएका छन्।

प्रतिक्रिया दिनुहोस