एजेन्सी — भारतको मध्यप्रदेशमा यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ । २५ जना घाइते भएका छन् । मंगलबार ४० यात्रु बोकेको बस मध्य प्रदेशको खारगाउँ जिल्लास्थित एक पुलबाट नदीमा खसेको हो ।
मंगलबार बिहान पुलबाट बस खसेर सुख्खा नदीमा पल्टिएको स्थानीय अधिकारीहरूले जनाएका छन् । दुर्घटनामा घाइते भएकाहरूलाई नजिकका अस्पताल लगिएको छ ।दुर्घटनापछि मध्यप्रदेशका मुख्यमन्त्रीले मृतकका परिवारलाई तत्काल नै ४ लाखका दरले राहत उपलब्ध गराउन निर्देशन दिएका छन् । साथै घटनाको छानबिन गरिने बताइएको छ ।











प्रतिक्रिया दिनुहोस