आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा १५ बालबालिकाको मृत्यु, २५ बेपत्ता

एपी खबर २०८० बैशाख २७, बुधबार ( २ साल अघि) १११ पाठक संख्या

एएफपी : नाइजेरियाको उत्तरपश्चिमी सोकोतो राज्यस्थित एक नदीमा डुङ्गा पल्टिँदा १५ जना बालबालिकाको डुबेर मृत्यु भएको एक स्थानीय अधिकारीले बुधबार एएफपीलाई जानकारी दिएका छन् ।घटनामा अन्य २५ जना बेपत्ता भएको बताइएको छ ।

 

शागारी जिल्लाका राजनीतिक प्रशासक अलियु अबुबकरले ती बालबालिका मङ्गलबार शागारी नदीको पारिपट्टिको झाडीमा दाउरा टिप्न जाँदै गर्दा डुङ्गा पल्टिएको जानकारी दिए । “१३ बालिका र दुई बालकगरी १५ जनाको शव स्थानीय उद्धार टोलीले निकालेको छ र गाउँमा पुरिएको छ,” उद्धार कार्यको अनुगमन गरिरहेका अबुबकरले भने ।

प्रतिक्रिया दिनुहोस