आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

कोलम्बियामा १८ दिनअघि भएको विमान दुर्घटनामा ११ महिनाको बच्चासहित चार जना जीवितै भेटिए

एपी खबर २०८० जेष्ठ ४, बिहिबार ( २ साल अघि) १४० पाठक संख्या

एजेन्सी: कोलम्बियामा १८ दिनअघि भएको विमान दुर्घटनामा ११ महिनाको बच्चासहित चार जना जीवितै भेटिएका छन् । विमान दुर्घटना भएको दुई हप्तापछि अमेजन जङ्गलमा चार जना बालबालिकालाई जीवितै भेटाइएको कोलम्बियाका प्रधानमन्त्रीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ । राष्ट्रपति गुस्ताभो पेट्रोले यो देशकै लागि आनन्दको खबर भएको उल्लेख गर्नुभएको हो ।

 

 

गएकाे मे १ मा विमान दुर्घटना भएकाेमा विमानमा यात्रा गरिरहेका नाबालिगहरूको खोजी गर्न तालिम प्राप्त कुकुरसहित एक सय जनाभन्दा धेरै सिपाही तैनाथ गरिएको थियो । दुर्घटनामा पाइलट र बच्चाकी आमासहित तीन जनाको ज्यान गएको थियो ।राष्ट्रपति पेट्रोले बालबालिकालाई कहाँबाट उद्धार गरिएको हो र उनीहरू जङ्गलमा एक्लै कसरी बाँचे भन्नेबारेमा कुनै जवाफ दिनुभएको छैन । बालबालिकाहरू जङ्गलमा हाँगा भाँचेर बनाइएको सानो आश्रयस्थलमा बसेका खबरमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस