एजेन्सी: नाइजेरियाको निजेर नदीमा एक् डुंगा दुर्घटनामा परेको छ । डुंगा डुब्दा एक सयभन्दा धेरै मानिसको मृत्यु भएको बीबीसीले जनाएको छ । कैयौँ मानिसहरू बेपत्ता भएका छन् ।
डुंगामा तीन सय मानिसहरू सवार रहेको र उनीहरूको एक बिहेमा भाग लिन जाँदै गरेको बताइएको छ । क्वारा राज्यबाट निजरेतर्फ आउँदा यो दुर्घटना भएको जनाइएको छ । सरकारी अधिकारीहरूले बेपत्ताहरूको खोजी कार्य जारी रहेको जनाएका छन् । अधिकारीहरूले मृतकको संख्या बढ्न सक्ने बताएका छन् ।











प्रतिक्रिया दिनुहोस