आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

नोभा काखोभका बाँध भत्किँदा १६ जनाको मृत्यु

एपी खबर २०८० अषाढ ३, आईतबार ( २ साल अघि) १७२ पाठक संख्या

एजेन्सी – नोभा काखोभका बाँध भत्किँदा बाढीमा परी १६ जनाको मृत्यु भएको छ भने ३१ जना बेपत्ता भएका छन् । युक्रेनको आन्तरिक मामिला मन्त्रालयले शनिबार जनाएअनुसार दक्षिणी युक्रेनको बाँध जुन ६ गते भत्किएको र गाउँहरू ध्वस्त भएका थिए । बाँध भत्किएर खेतबारीमा बाढी आउँदा हजारौँ मानिसलाई बिजुली र खानेपानीको आपूर्तिमा समस्या भएको थियो ।

कीभका अनुसार रुसले योजनाबद्धरुपले बाँधमा आक्रमण गरेको थियो । रुसले क्रिमियालाई पानीबाट वञ्चित गर्न र युद्धको मैदानबाट विचलित गराउन भौतिक संरचनामा आक्रमण गरेको दाबी गरेको छ ।युक्रेनको आन्तरिक मन्त्रालयले दिएको जानकारीअनुसार बाढी प्रभावित क्षेत्रबाट ३,६१४ जना मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

 

यसैगरी खेरसन र माइकोलाइभ क्षेत्रका एक हजार तीन सय घर बाढीले डुबानमा परेका छन् । रुसले सन् २०२२ को फेब्रुअरीमा युक्रेनमा आक्रमण गरेदेखि बाँध वरपरको क्षेत्र सबैभन्दा ठूलो विवादित क्षेत्रमध्ये एक बनेको छ ।

प्रतिक्रिया दिनुहोस