आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

भारतमा बस दुर्घटना हुँदा २५ जनाकाे घटनास्थलमै मृत्यु

एपी खबर २०८० अषाढ १६, शनिबार ( २ साल अघि) १४४ पाठक संख्या

एजेन्सी; भारतमा बस दुर्घटना हुँदा २५ जनाकाे घटनास्थलमै मृत्यु भएकाे छ । महाराष्ट्रको मुम्बई-नागपुर एक्सप्रेस सडकमा बस दुर्घटनामा परेकाे हाे । बसमा ३३ जना सवार थिए । स्थानीय प्रहरीले घटनाको पुष्टि गरेको समाचार संस्था एएनआइले लेखेको छ ।

 

२९ बीई १६१९ नम्बरको बस नागरपुरदेखि समृद्धि हाइवे हुँदै पुनेतिर जाँदै थियो । यस क्रममा बुलढाणको सिदखेड राजा भन्ने ठाउँनजिकै टायर पड्केर बस अनियन्त्रित भयो । यसपछि बस एक पोलमा ठोक्किएको थियो । ठक्करका कारण बसको डिजिटल ट्याङ्क फुट्यो र बसमा आगो लाग्यो ।

प्रतिक्रिया दिनुहोस