आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

अल्जेरियाको दक्षिणी भागमा यात्रुवाहक बस दुर्घटना हुँदा ३४ जनाको मृत्यु

एपी खबर २०८० श्रावण ३, बुधबार ( २ साल अघि) ११९ पाठक संख्या

एजेन्सी – अल्जेरियाको दक्षिणी भागमा आज बिहान यात्रुवाहक एउटा बस दुर्घटना हुँदा ३४ जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् ।राजधानी अल्जियर्सबाट करिब दुई हजार किलोमिटर पर अवीसथत तामनरासेट शहरमा यात्रुवाहक बस र औद्योगिक उत्पादन बोकेको बाहन एकआपसमा ठोक्किँदा उक्त हताहति भएको उद्धारमा संलग्न एक अधिकारीले बताएका छन् । दुई वटा सवारी साधन ठोक्किँदा बसमा आगो लागेको थियो । उद्धारकर्मीहरूले जलेका केही लाश निकालेका छन् ।

 

दुवै सवारी साधन द्रुतगतिमा रहेकाले उक्त दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । गत वर्ष अल्जेरियामा २३ हजार सवारी दुर्घटना भएका थिए । ती दुर्घटनामा तीन हजार चार सय नौ जनाको ज्यान गएको तथा ३० हजारभन्दा बढी घाइते भएको सडक सुरक्षासम्बन्धी सरकारी निकायले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस