आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

भारतको महाराष्ट्रमा गएको पहिरोमा परी २७ जनाको मृत्यु

एपी खबर २०८० श्रावण ७, आईतबार ( २ साल अघि) १४६ पाठक संख्या

मुम्बई- भारतको महाराष्ट्र राज्यमा गएको पहिरोमा परी २७ जनाको मृत्यु भएको छ । पहिरोमा परी अरु साठी जना बेपत्ता भएका छन् । मुम्बईबाट करिब एक सय किलोमिटर टाढा अवस्थित रायगड जिल्लाको एउटा गाउँमा भारी वर्षासँगै खसेको पहिरोमा परी ज्यान गुमाएका २७ जनाको शव भेटिएका उद्धारकर्मीले बताएका छन् ।

 

“हामीले अहिलेसम्म २७ वटा शव फेला पारेका छौँ, करिब ६० जना अझै बेपत्ता छन्,” आपत्कालीन सहायता टोलीका एक अधिकारीले भनेका छन् । भग्नावशेषमा खोजी भइरहेको रायगडका जिल्ला अधिकारी योगेश म्हसेले आइतबार एएफपीलाई बताएका छन् ।

 

मूल सडकबाट करिब पाँच किलोमिटर टाढा घटनास्थल रहेको तथा त्यहाँ भारी यन्त्र पुग्ने बाटो नभएकाले मानिसले नै साना यन्त्रको सहयताले खोजी गरिरहेका उनले बताए ।उक्त क्षेत्रमा अविरल वर्षा भइरहेकाले खोजलाई चुनौतीपूर्ण बनाएको छ । जिल्ला अधिकारी म्हसेले खोज तथा उद्धार चौथो दिनमा प्रवेश गरेको र जीवित भेटिनेमा आफू आशावादी नभएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस