आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

पाकिस्तानमा बम विष्फोट हुँदा कम्तिमा ३९ जनाको मृत्यु

एपी खबर २०८० श्रावण १५, सोमबार ( २ साल अघि) १४९ पाठक संख्या

पेशावर – पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा रहेको एक कट्टरपन्थी इस्लामिक जमीयत उलेमा–ए–इस्लाम (एफ) पार्टीको राजनीतिक भेलामा आइतबार भएको बम विस्फोटमा परी कम्तीमा ३९ जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएका अधिकारीहरूले बताएका छन्।

भारतीय समाचार संस्था एएनआईका अनुसार उक्त घटनामा उक्त पार्टीका स्थानीय एक नेताको पनि मृत्यु भएको छ।यसअघि प्रहरीले दिएको प्रारम्भिक जानकारीमा विस्फोटमा परी कम्तीमा १६ जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका उल्लेख गरिएको थियो।

 

खैबर पख्तुनख्वा प्रान्तका स्वास्थ्यमन्त्री रियाज अनवरले एएफपीसँग भने, ‘विस्फोटपछि अस्पतालमा लगिएकामध्ये ३९ जनाको मृत्यु भइसकेको छ भने १२३ जनाको घाइते अवस्थामा उपचार भइरहेको छ।’प्रान्तीय गभर्नर हाजी गुलाम अलीले मृतकको सङ्ख्याको पछिल्लो विवरणलाई पुष्टि गर्दै सरकारले आक्रमणमा संलग्न व्यक्ति र समूहबारे गहन अनुसन्धान सुरू गरिसकेको बताए। यो समाचार तयार पार्दासम्म आक्रमणको कुनै व्यक्ति वा समूहले जिम्मेवारी लिएको छैन।

–रासस/एएफपी

प्रतिक्रिया दिनुहोस