आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

पुल निर्माणका क्रममा क्रेन खस्दा कम्तीमा १५ जनाको मृत्यु

एपी खबर २०८० श्रावण १६, मंगलबार ( २ साल अघि) १३५ पाठक संख्या

एजेन्सी: भारतको महाराष्ट्रस्थित ठाणेको समृद्धि राजमार्गमा मंगलबार क्रेन खस्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने कम्तीमा तीनजना घाइते भएका छन्।भारतीय सञ्चारमाध्यमका अनुसार समृद्धि राजमार्गमा पुल निर्माणका क्रममा आज बिहान क्रेन खसेको हो।

 

राष्ट्रिय प्रकोप उद्धार बलका दुई टोलीले अहिलेसम्म १५ वटा शव निकालेका छन् भने तीन जना घाइतेकाे उद्दार गरेका छन्। धेरै श्रमिक रहेको हुँदा त्यहाँ अझै धेरै शव फेला पर्नसक्ने उद्धार बलको अनुमान छ।एनडिआरएफका एक अधिकारीले पिटिआईलाई बताएअनुसार पाँच जना फसेको आशंका गरिएको छ। उनीहरूलाई उद्धार गर्ने प्रयास भइरहेको छ भने तीन जनालाई उपचारका लागि अस्पताल लगिएको छ।मृत्यु हुनेमा अधिकांश त्यसबेला निर्माण कार्यमा संलग्न मजदुरहरू रहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस