आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

केदारनाथ पहिरोमा दुई नेपालीको मृत्यु, १४ सम्पर्कविहीन

एपी खबर २०८० श्रावण २०, शनिबार ( २ साल अघि) १६५ पाठक संख्या

एजेन्सी : भारतको उत्तराखण्डस्थित केदारनाथ धाम नजिकै गएको पहिरोमा परि दुई जना नेपालीको मृत्यु भएको छ भने १४ जना हराइरहेका छन्।केदारनाथ धामको पैदलयात्रा शुरू हुने स्थान नजिकै साउन १८ गते राति पहिरो गएको थियो। पहिरोमा परि १६ जना नेपाली हराइरहेको भारतस्थित नेपाली राजदूताबासले जनाएको छ। राजदूताबासले प्रेस विज्ञप्ति जारी गरी होटल व्यवसाय गरेर बसेका जुम्लाका एकै परिवारका सात जना, रोजगारीको सिलसिलामा केदारनाथ पुगेका जुम्लाकै चार जना र कोलिकोटका पाँच जना हराइरहेको जनाएको छ।

 

राजदूताबासका अनुसार पहिरोमा हराएकामध्ये साउन १९ गते मन्दाकिनी नदीको किनारमा तीन जनाको शव फेला परेको छ। जसमध्ये दुई जना नेपाली र एक जना भारतीय नागरिक रहेका छन्।दुई नेपाली नागरिकमध्ये कालिकोटका टेकबहादुर कामीको सनाखत भएको राजदूताबासले जनाएको छ। अर्काको अनुहारमा चोट लागेका कारण सनाखत हुन सकेको छैन।

 

पहिरोमा हराएका नेपालीको खोजीका लागि राजदूताबासले भारतको विदेश मन्त्रालय र रुद्रप्रयागस्थित जिल्लाधिकारी समक्ष अनुरोध गरेको जनाएको छ। नदीको सहत बढेको र प्रतिकूल  मौसमका कारण खोजीमा कठिनाइ भइरहेको भारतीय अधिकारीले जनाएका छन्।

 

केदारनाथ पहिरोमा नेपाली र भारतीय गरी चार जनाको मृत्यु भएको उत्तराखण्ड प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्। नेपाली र भारतीय गरी अझै १९ जना हराइरहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस