आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

पाकिस्तानमा संसद भंगकाे घाेषणा

एपी खबर २०८० श्रावण २५, बिहिबार ( २ साल अघि) १२६ पाठक संख्या

एजेन्सी : पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले प्रधानमन्त्री शहबाज सरिफको सिफारिसमा राष्ट्रियसभा भंग गरेका छन् ।राष्ट्रपतिले संविधानको धारा ५८–१ बमोजिम यस्तो निर्णय लिएका हुन् ।राष्ट्रियसभा विघटनसँगै मन्त्रिपरिषद् पनि विघटन भएको छ तर कार्यवाहक प्रधानमन्त्री नियुक्त नभएसम्म प्रधानमन्त्री शहबाज सरिफ पदमा रहने छन् ।

 

 

संसद् विघटनपछि तीन दिनभित्र कार्यवाहक प्रधानमन्त्रीको चयन हुने छ । राष्ट्रियसभामा विपक्षी दलका नेता राजा रियाजले नाम छनोट गर्न आज प्रधानमन्त्री शाहबाज सरिफसँग भेट गर्ने बताइएको छ ।उनीहरूले नाममा सहमति जुटाउने प्रयास गर्ने बताएका छन् । उनले कार्यवाहक प्रधानमन्त्रीको नाम सबैले स्वीकार गर्ने विश्वास व्यक्त गरेका छन् ।पाकिस्तानी संसदको कार्यकाल अगस्ट १२ मा सकिँदै थियो तर तीन दिनअघि नै संसद भंग गर्ने निर्णय गरिएको हो ।अब पाकिस्तानमा कामचलाउ सरकारसँग निर्वाचन गर्न ९० दिनको समय हुने छ ।

प्रतिक्रिया दिनुहोस