आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

सिरियामा आइएसको आक्रमणमा २० सैनिकको मृत्यु

AuthorAP Khabar २०८० श्रावण २७, शनिबार ( २ साल अघि) १२८ पाठक संख्या

दमासकस– सिरियामा बन्दुकधारीको एक समुहले देशको पूर्वी भागमा सिरियाली सेनाहरू सवार बसमा आक्रमण गरेको छ । सो आक्रमणमा परी कम्तीमा २० जना सैनिकको मृत्यु भएको बताइएको छ । घटनामा घाइते भएका छन् ।आक्रमण इस्लामिक स्टेट (आईएस) समूहका सदस्यहरूले गराएको अनुमान गरिएको छ। सिरियाका केही भागहरूमा आईएस स्लिपर सेलहरूले सन् २०१९ मा पराजित भए पनि अझै पनि घातक आक्रमणहरू गरिरहेका छन्।

बेलायतस्थित सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले इराकसँग सीमा जोडिएको देर अल जोर प्रान्तको पूर्वी सहर मायादिन नजिकैको मरुभूमि सडकमा भएको आक्रमणमा २३ सिरियाली सैनिकको मृत्यु भएको र १० जना घाइते भएको बताएको छ ।यस आक्रमणमा सिरियाली सेना वा सरकारबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन।

प्रतिक्रिया दिनुहोस