आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

पश्चिम अफ्रिकामा आप्रवासीहरूको डुंगा पल्टिँदा ६० जनाभन्दा बढीको मृत्यु

एपी खबर २०८० श्रावण ३२, बिहिबार ( २ साल अघि) १३४ पाठक संख्या

एजेन्सी : पश्चिम अफ्रिकाको केप भर्डेको तटमा आप्रवासीहरूको डुंगा पल्टिँदा ६० जनाभन्दा बढीको मृत्यु भएको आशंका गरिएको छ।इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसन (आइओएम) ले १२ देखि १६ वर्षका बालबालिकासहित ३८ जनाको उद्धार गरिएको जनाएको छ।यो डुंगामा करिब १०० जना मानिस थिए, जसमध्ये अधिकांश सेनेगल र सियरा लियोनका थिए र एक महिनादेखि समुद्री यात्रा गरिरहेका थिए।

 

यो दुर्घटना कहिले भएको हो भन्ने अझै खुलेको छैन।पुलिसले एएफपी समाचार एजेन्सीलाई जहाज पहिलो पटक सोमबार देखिएको बताएकाे छ।सेनेगलको विदेश मन्त्रालयले मंगलबार ढिलाेगरी जारी गरेको विज्ञप्तिमा उक्त डुंगा १०१ जना यात्रु लिएर सेनेगलबाट जुलाई १० मा प्रस्थान गरेको जनाएको छ।

 

आइओएमको तथ्यांकअनुसार सन् २०२२ मा क्यानरी टापु पुग्ने प्रयास गर्दा कम्तीमा ५५९ जनाको मृत्यु हुने अनुमान गरिएको छ भने यस वर्षको पहिलो ६ महिनामा सोही मार्गमा १५ वटा पानीजहाज दुर्घटना भएका छन् जसमा १२६ जनाको मृत्यु वा घाइते भएका छन्।

प्रतिक्रिया दिनुहोस