अबुजा- नाइजेरियाको नाइजर राज्यमा हेलिकोप्टर दुर्घटना हुँदा २४ जना नाइजेरियाली सुरक्षाकर्मीको मृत्यु भएको छ । अबुजा सहरबाट २४९ किलोमिटर उत्तरमा मृतक र घाइते सैनिकहरू बोकेको सो हेलिकोप्टर दुर्घटना भएको अल जजीराले उल्लेख गरेको छ ।नाइजर राज्यको शिरोरो स्थानीय क्षेत्रको चुकुबा गाउँमा सशस्त्र डाकुहरूको आक्रमणमा घाइते भएका र मारिएका सिपाहीहरूलाई उद्धार गर्न उक्त हेलिकोप्टर परिचालन गरिएको थियो ।
नाइजेरियाली सेनाका प्रवक्ता मेजर जनरल एडवर्ड बुबाले अबुजामा आयोजित पत्रकार सम्मेलनका क्रममा घटनाको पुष्टि गरेका हुन् ।उनले दिएको जनाकारीअनुसार दुर्घटनाको समयमा विमानमा १४ जना सैनिक सवार थिए । त्यसैगरी, सात जना अन्य घाइते रहेको र तीमध्ये दुई जना विमान चालक र दुई जना चालक दलका सदस्य रहेको बताइएको छ ।स्थानीय समाचारअनुसार चुकुबामा दुर्घटनामा पर्नुअघि उक्त हेलिकोप्टरले डाकुको आक्रमणबाट मारिएका सुरक्षाकर्मीको शव ल्याउँदै थियो । स्रोतहरूले जनाएअनुसार सो क्षेत्रमा सक्रिय सशस्त्र लडाकुले अत्याधुनिक हतियार बोकेका थिए, उनीहरुले हेलिकोप्टरमाथि आक्रमण गरिएको हुनसक्ने अनुमान गरिएको छ ।











प्रतिक्रिया दिनुहोस