आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

इमरान खानविरुद्ध सुनाइएको जेल सजायमा उच्च अदालतले लगायो रोक

एपी खबर २०८० भाद्र १२, मंगलबार ( २ साल अघि) १६९ पाठक संख्या

काठमाडौँ– इस्लामाबाद उच्च अदालतले पाकिस्तानका पूर्वप्रधानमन्त्री एवं तेहरिक-ए-इन्साफ (पीटीआई) पार्टीका प्रमुख इमरान खानविरुद्ध सुनाइएको सजायमाथि रोक लगाएको छ । तोशाखाना भ्रष्टाचार मुद्दामा इस्लामाबाद उच्च अदालतले खानमाथि सुनाइएको सजायमा रोक लगाएको हो ।

 

सोमबार इस्लामाबाद उच्च अदालतका मुख्य न्यायाधीश अमिर फारूक र न्यायाधीश मेहमूद जहाँगिरीको इजलासले खानको पुनरावेदनमा सुनुवाइ गर्दै ट्रायल कोर्टको फैसला उल्ट्याएको हो ।  यसअघि पाकिस्तानको राजधानी इस्लामावादमा रहेको ट्रयाल कोर्टले गैरकानूनी रूपमा सरकारी उपहार बेचेको अभियोगमा उनलाई तीन वर्षको जेल सजाय सुनाएको थियो । उनलाई १ लाख पाकिस्तानी रुपैयाँ बराबरको जरिवानाको सजाय पनि सुनाइएको थियो।पीटीआई प्रमुख खानका कानुनी सहयोगी नइम हैदर पन्जोथाले समेत आफूहरूको आग्रह अदालतबाट स्वीकार गरिएको बताएका छन् । 

प्रतिक्रिया दिनुहोस