आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

मून ल्यान्डर मिसन’ (स्लिम), सफलतापूर्वक चन्द्रमामा प्रक्षेपण

एपी खबर २०८० भाद्र २१, बिहिबार ( २ साल अघि) १३१ पाठक संख्या

काठमाडौँ– जापानले ‘मून ल्यान्डर मिसन’ (स्लिम), सफलतापूर्वक चन्द्रमामा प्रक्षेपण गरेको छ । चन्द्रमाको सतहमा उत्रने आफ्नो अभियान अन्तर्गत स्लिम (स्मार्ट ल्यान्डर फर इन्भेस्टिजेटिङ मून) नामको मिसन पठाएको हो । यो मिसन चन्द्रमाको सतहमा लगभग पाँच महिनाभित्र अवतरण गर्ने बताइएको छ ।

 

चन्द्रयान–३ को सफल परीक्षण गरेको भारतको इसरोले ट्वीट गर्दै जापान एरोस्पेस एक्सप्लोरेसन एजेन्सीलाई चन्द्रमाको लागि स्लिम ल्यान्डरको सफलतापूर्वक प्रक्षेपण गरेकोमा बधाई दिएको। मिसन सफल भएमा चन्द्रमाको सतहमा उत्रने जापान विश्वको पाँचौँ देश बन्नेछ । अहिलेसम्म चन्द्रमामा अमेरिका, रुस, चीन र भारतले सफलतापूर्वक मिसन अवतरण गराएका छन् ।

प्रतिक्रिया दिनुहोस