आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

उत्तर सिक्किमको लोनाक तालमा आएको बाढीमा परेर कम्तिमा १४ जनाको मृत्यु

एपी खबर २०८० आश्विन १८, बिहिबार ( २ साल अघि) १४० पाठक संख्या

एजेन्सी । उत्तर सिक्किमको लोनाक तालमा भारी वर्षापछि आएको बाढीका कारण कम्तिमा १४ जनाको मृत्यु भएको छ भने २२ सेनाका जवानसहित १०२ जना बेपत्ता छन्। यस दुर्घटनाको पछिल्लो जानकारी सिक्किम सरकारले साझा गरेको छ। अधिकारीहरूका अनुसार उत्तर बंगालमा बगेका तीनजना सहित अधिकांश मृतकको पहिचान भएको छ।

 

बुधबार बिहान बेपत्ता भएका २३ जना सैनिक मध्ये एक जनाको पछि उद्धार गरिएको थियो । अधिकारीहरूका अनुसार सिक्किममा मङ्गलबार र बुधबार राति करिब १.३० बजे सुरु भएको बाढीको स्थिति चुंगथाङ बाँधबाट पानी छोडेका कारण बिग्रिएको हो।

 

प्रतिक्रिया दिनुहोस